नक्कली नोट सहित ५ जना पक्राउ

बारा, २५ माघ / बारा प्रहरीले नक्कली नोट सहित ५ जना नेपाली नागरिकलाइ पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोबार भैरहेकै अवस्थामा बारा प्रहरीले ५ जनालाइ पक्राउ गरेको हो ।

जिल्ला सर्लाही चन्द्रनगर गाउपालिका वडा नम्बर ३ बस्ने ४४ बर्सिय रामचन्द्र महतो कोइरी, बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ बस्ने सुमित साह, परवानिपुर गाउपालिका वडा नम्बर ५ बस्ने सन्तोष पटेल, बिरगंज महानगरपालिका वडा नम्बर १० बस्ने विशाल कुमार श्रीवास्तव र बिरगंज महानगरपालिका वडा नम्बर १० बस्ने निरज श्रीवास्तवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मितिमा नक्कली नोटको कारोबार गर्दै गरेको अवस्थामा ६१ हजार नक्कली नोट सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो । पक्राउ गरिएको ५ जना माथी अवाश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.