माघ ८ गते मधेस प्रदेश भरी सार्वजनिक बिदा दिन जानकी मन्दिर गुठीले माग

जनकपुर ४ माघ । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन जानकी मन्दिर गुठीले माग गरेको छ।

बिहीबार मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले माघ ८ गते प्रदेशभरि सार्वजनिक बिदा दिन माग गरेका हुन्।

मिथिला र अवधको धार्मिक, पौराणिक आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा सीताको ससुराली (अयोध्‍या)मा हुने हर्ष बढाइँमा मधेस प्रदेशवासी तथा मिथिलावासी सहभागी हुन अनुरोध समेत गरिएको छ।

समग्र मधेस प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रम र दीपावली मनाउन अनुरोध गर्दै सार्वजनिक बिदा दिन माग राख्दै गुठीले मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाएको हो।

‘यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइती (नैहर) बाट संसारलाई त्रेता युगीन भगवान श्री रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको सन्देश दिन सरकारी रूपमा उत्सव मनाउन २२ जनवरी २०२४, तद्नुसार २०८० माघ ८ गतेका दिन मधेस प्रदेशमा सार्वजनिक बिदाको घोषणा तथा प्रदेशवासीलाई उक्त दिन दीपावली मनाउन आग्रहपूर्ण सन्देश दिनका लागी विनम्र अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ।

Facebook Comments Box

समन्धित समाचार