अफगानिस्तानमा सैनिकहरू युद्ध गर्न नपठाउने अमेरिकी राष्ट्रपतिको उद्धघोष

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशकाे अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताउनु भएको छ । उहाँले आउँदो अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरू अफगानिस्तानबाट फिर्ता भइसक्ने भन्दै जतिसक्यो छिटो अफगानिस्तानबाट फर्किनु नै राम्रो हुने बताउनु भएको छ ।  

उहाँ आफ्नो देश कसरी चलाउने भन्ने निर्णय गर्ने अफगानिस्तानको अधिकार र जिम्मेवारी भएको बताएका बीबीसीले जनाएको छ । अहिलेसम्म अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक स्वदेश फर्किसकेका छन्  । अमेरिकी सैनिक फर्किन थालेसँगै त्यहाँ विद्रोही समूह तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ ।

तालिबानले अफगानिस्तानको झन्डै एक तिहाई जिल्ला नियन्त्रणमा लिएको छ । सन् २००१ मा अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा पठाएको थियो ।  २० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान गुमाएका छन् भने २० हजार ७ सय २२ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.