काठमांडु । नेपालका अधिकांश ठूला कर्पोरेट हाउसका मालिक प्राय मारवाडी समुदाय छन् । बैंक तथा वित्तिय संस्थामा पनि उनीहरूकै जमात छ । सारमा भन्ने हो भने मुलुकको अर्थतन्त्र नै मारवाडीहरूको कब्जामा छ यसमा कुनै संखा छैन । नेपालमा मारवाडीहरूको इतिहास र वर्तमान अवस्था हेर्ने हो भने आकाश पातलको अन्तर देखिन्छ । झन्डै ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरू आज नेपालका लगानीका हरेक क्षेत्रमा कब्जा जमाएर बसेका देखिन्छन् । मारवाडी समुदायकै एक जानकारका अनुसार वि.सं. १९८५ सोहनलाल गोल्यानसहितका १६ परिवार वर्माबाट नेपाल छिरेका हुन् ।
उनै सोहनलालका छोरा पवन गोल्यान जो एनएमबी बैंकका अध्यक्ष मात्र होइनन्, रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डस्ट्रिज तथा शिवम् प्लास्टिकलगायतका उद्योगका मालिक पनि हुन् । अहिले कपडा, धागो, प्लास्टिक, वित्तीय क्षेत्र, रियल इस्टेट, हस्पिटालिटी, कृषिलगायत क्षेत्रमा उनै पावनले नेतृत्व गरेका गोल्यान ग्रुपको वर्चश्व छ ।
गोल्यान ग्रुप तत्काली नेपालका सरकार संचालन गर्नेहरुसङको मिलेमतोमा दुई नम्बरी धन्दामासमेत लागेका मारवाडी समुदायकै एक जानकार बताउँछन् । ती उनका अनुसार तत्कालीन राजाहरुको संलग्नतामा गोल्यान परिवारले सुनतस्करी, साप तस्करी र भारतीय नोटसमेको तस्करी गरेका थिए ।
आयकर छली र गुणस्तरहीन उत्पादनका कारण पटक–पटक अनुसन्धान तथा विवादमा तानिँदै आएको शंकर ग्रुप पनि नेपालमा प्रायः सबै क्षेत्रमा लागनी गर्नेमध्येको एक हो । अहिले बैंक तथा वित्तीय क्षेत्रबाहेकका अन्य सबैजसो क्षेत्रमा लगानी गरेको यो ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हुन् । तर अहिले बैंक तथा वित्तीय क्षेत्रमा पनि हात हाल्ने तयारीमा यो ग्रुप रहेको बुझिएको छ ।
जगदीशप्रसाद अग्रवालको नेतृत्वमा विशाल ग्रुप रहेको छ । जसले नागरिकका पहुँच हुने सबै क्षेत्रमा लगानी गरेको छ । यसले उत्पादन, बैंकिङ, अटोमोवाइल, इन्स्योरेन्स, शिक्षा, हस्पिटालिटी, कृषि इत्यादी क्षेत्रमा लगानी गरेको छ । एनआईसी एशिया र नेपाल इन्फ्रस्टक्चर बैंक (निफ्रा)मा यसको लागनी छ ।
यसैगरी लक्ष्मी बैंक, हिमालयन बैंक, एभ्रेष्ट टथा प्राइम लाइफ इन्स्योरेन्समा लागनी रहेको खेतान ग्रुपको उत्पादन क्षेत्रमा पनि लगानी छ । यस ग्रुपका प्रमुख एमजी खेतान हुन् । दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगड पनि मारवाडी हुन् । सनराइज बैंक दुगड ग्रुपले नै चलाएको हो । उनले सुरुमा नेपाल आएका बेला नोकरी गर्थे ।
यस्ता अधिकांश व्यपारिक घरानाका मालिक मारवाडी नै छन्, जो केही दशकअघि मात्र नेपाल प्रवेश गरेका हुन् । शेखर गोल्छाबाहेकको मारवाडीहरू वर्माबाट नेपाल आएका हुन् । लगानीका सम्पूर्ण क्षेत्र र लगानी गर्ने बैंक तथा वित्तीय संस्थासमेत उनीहरूकै हातमा रहँदा उनीहरूले देशका नियमकानुनसमेत नमान्ने गरेका मारवाडी समुदायकै एक व्यक्तिको आरोप छ । नाम नखुलाउने सर्तमा ती व्यक्ति भन्छन्, ‘मोतिलाल दुगड हिजो नोकरी गर्थे । नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया यी सबै वर्माबाट आयातित हुन् । पवन गोल्यानले सानो फ्याकट्री विराटनगरमा खोलेका थिए । त्यो मान्छे आज १० हजार करोडका ऋण उठाउने कसरी भयो ?’, उनी भन्छन्, ‘म पनि एउटा मारवाडी नै हुँ तर म २० हजार ऋण खोज्न जाँदा कुनै बैंकले दिँदैनन् । जम्मा ४ विघा जग्गा छ अहिलेमसँग ।’
नेपालको अर्थतन्त्रमै कब्जा जमाएका मारवाडीहरू देशको कानुन तथा ऐनविपरीत मनपरी ढंगले चल्ने गरेको बताइन्छ । उनका अनुसार बैंक पनि आफ्नै, अन्य लगानीका क्षेत्र पनि आफ्नै भएपछि उनीहरूले बेसरेटभन्दा अझ कममा अर्बौं ऋण बैंकबाट लिने गरेको तर नेपालीहरूले ऋण पाउने मुस्किल रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं बताउँछन् । ‘सांसददेखि मन्त्री, सत्ता शक्ति सबै यी मारवाडीहरूको कब्जामा छन् । जसरी पनि यिनीहरूले शक्तिमा रहेकालाई आफ्नो बनाउँछन् अनि आफूअनुकूल निर्णय गराउँछन्’, उनी भन्छन्, ‘नेपाली व्यापारीहरूलाई थाहा नभएको कर दर हेरफेरका कुरा उनीहरूलाई कसरी थाहा हुन्छ अगाडि नै भन्दा उनीहरूले मान्छे किनेर ठाउँमा राखेका छन् । त्यसो हुँदा यीनीहरुलाई सँधैभरी यसैगरी गर्न दिने हो भने देशै कब्जा गर्छन् एक दिन ।’
गल्ती गरेपनि राज्यले उनीहरुलाई कारबाही कहिल्यै गरेको उनी बताउँछन् । ‘त्यसका अर्को कारण के भने फेरि यिनीहरुमा युनिटी छ । जसले जे गरेपनि आफैभित्र सामसुम पार्छन्’, प्रसाईंको भनाइ छ । ‘मारवाडीहरूको बैंकले नेपाली व्यवसायीहरूलाई ऋण दिँदैन । दियो भने पनि महंगो व्यजदरमा दिन्छ । ब्याजदले नै धितो राखेको सम्पत्ति निलिदिन खोज्छ । तर मारवाडीहरूलाई बेसरेटमा अझ कम्तिमा खर्बाैं ऋण दिन्छ ।’
वार्षिक रुपमा नेपालबाट यी व्यापारिक घरानाले खर्बौं रकम बाहिर लैजाने गरेको पनि बताइन्छ । विशाल ग्रुपले मात्र ३२ देखि ३८ खर्ब नेपालबाट वर्षेनी बाहिर लैजाने गरेको सम्बद्ध स्रोत बताउँछ । जसको हङकङ, सिंगापुरलगायतका देशमा पनि लगानी रहेको छ ।
व्यापारिक नामका यी समूहहरूले दुई नम्बरी धन्दासमेत गर्ने गरेको स्रोतको दाबी छ । स्रोत भन्छ– हिजो केही दशकअघि मात्र नेपाल आएकी यिनीहरू कसरी आज नेपालको अर्थतन्त्रमा कब्जा जमाउने भए भन्दा कानुन ऐन विपरीतका धेरै काम संलग्नता छ । अनेक किसिमका दुई नम्बरी धन्दामा मारवाडीहरू लागेका छन्, यसमा कुनै दुई मत छैन ।’
अहिले ललिता निवास प्रकरणको तीव्र छानविन भइरहेको अवस्थामा मारवाडी ब्यापारीहरू मध्ये केही काठमाडौबाट रातारात बेपत्ता भएका छन् । ललिता निवासको सरकारी जग्गा कब्जा गर्नेहरूमाथि कारबाहीको कानूनी प्रक्रिया सुरु भएपछि उनीहरू राजधानीबाट फरार भएका हुन् ।
उक्त सरकारी जग्गा हात पार्नेहरूमा केही मारवाडी व्यापारी पनि रहेका छन् । स्रोतका अनुसार बेपत्ता हुनेहरूमा कैलाशचन्द्र गोयल, श्रवण गोयल (मीनबहादुर गुरुङको निकटस्थ मित्र एवम् सनराइज बैकका मालिक), गोविन्द सङ्घइ, डिम्पल बङ्शल, सज्जन कुमार चाचान, शिवरतन शारडा, निर्मलादेवी गोयल, मनोज केडीया, मनोज गोयल, देवाङ्शी गोयल र सन्दिप कुमार शारडा रहेका छन् ।(साभार अर्थ सञ्जाल)