उपत्यकामा आजदेखि यातायात सञ्चालन : बजार खुल्यो

१५ असार, काठमाठौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो।

Advertisement

कोरोना भाइरसका संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए। उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ। निषेधाज्ञाबीच नै सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन लागिएको हो। २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन हुन पाउँछन्। 

लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन। सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box