भ्रष्टाचारमा प्रधानमन्त्री नै संलग्न भएको पाइए सजायका लागि तयार हुनुपर्छ: प्रधानमन्त्री

सांसद अशिम शाहले भुटानी शरणार्थी, ललिता निवास प्रकरण, गौर घटना लगायतका विषयमा सरकारले कुनै पनि चासो नदिइ उल्टो दोषीलाई जोगाउन लागि परेको भन्दै मुलुकमा सुशासन कायम होला भनेर प्रश्न गरेका थिए ।

Advertisement

जसको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘मेरो नेतृत्वमा सरकार बनेदेखि सुशासन कायमका लागि प्रयासरत रहेको छु। सरकारले आफ्नो कुर्सी जोगाउनका लागि मात्रै ध्यान दिएको सोच्नु गलत हो।’

सरकारले भुटानी शरणार्थी लगायत अन्य प्रक्रियाको बारेमा सरकारले जोड दिएर दोषीलाई कारबाही गर्नका लागि अदालतमा भएका मुद्दाका लागि आवश्यक पर्ने सहयोग गरिरहेको पनि उनले प्रष्ट पारे।

सार्वजनिक सुशासन कायम गर्न र मुलुकमा भ्रष्टाचार अन्त्यका लागि पनि सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीले अनुसन्धानको क्रममा प्रधानमन्त्री नै पनि यदि संलग्न भएको भेटिएको अवस्थामा सजायको लागि तयार रहेको पनि स्पष्ट पारे। (साभार नागरिक दैनिक)

 

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box