वीरगंज ।वीरगंज महानगरपालिका को नगरप्रमुखले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा समाज सेवी निरञ्जन मिश्र र रोशन कुमार पटेललाई नियुक्त गरेको छ ।
वीरगन्ज महानगरमा सरकारी तथा सामुदायिक अस्पताल एंव स्वास्थ्य संस्थाहरूको सरसफाइ लगायतको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारीसहित मिश्र र पटेललाई सोमबार महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा नियुक्त गरेका हुन् ।
अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने, कमीकमजोरी औँल्याउने र दोषी देखिएको खण्डमा उनीहरूमाथि कारबाही गर्न सक्ने सम्मको अख्तियारी मिश्र र पटेललाई दिइएको छ ।
यद्यपि यो काम गरेबापत दुवै जनाले महानगरपालिकाबाट कुनै किसिमको भुक्तानी भने पाउने छैनन् । दुवैलाई अवैतनिक स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ता रूपमा नियुक्त गरिएको मेयर सिंहले बताए ।