वीरगञ्ज । मुटुलाई स्वस्थ राख्नका लागि हाम्रो खानपान, जीवनशैलीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। खानपानका साथै हामीले जीवनशैलीलाई क्रियाशील बनाउनुपर्छ।
हामी हाम्रो खानामा कतिको विचार गर्छौं भन्ने कुरा नै विचार गर्दैनौं। अस्वस्थकर खानपानले नै हाम्रो स्वास्थ्यलाई असर गर्ने गर्छ। यदि खानपानमा पनि विचार नगर्ने र जीवनशैलीलाई पनि निष्क्रिय बनाउने हो भने सबैभन्दा पढी मुटुजन्य रोग लाग्ने गर्छ। मुटुजन्य रोग लागेपछि मानिसलाई सबैभन्दा डर लाग्छ। मानिस सबैभन्दा छिटो औषधि खान चाहन्छ। उक्त कुरा स्वाभाविक नै हो। मुटु चलेन भने त जीवन पनि चल्दैन।
त्यसो भए के गर्ने त मुटु रोग लाग्दा?
हामी डाक्टरहरू पनि रोग लागेपछि औषधि खानुपर्छ भन्छौं। तर, रोग लाग्नुभन्दा अगाडि नै कसरी बच्न सक्छौं भन्ने कुरा चाहिँ हाम्रो जीवनको महत्त्वपूर्ण पाटो हो। एउटा सानो उदाहरण भन्छु। मानिसलाई सबैभन्दा ठूलो कुरा रोगबाट बच्ने शिक्षा चाहिन्छ। जनचेतना दिन सकेमात्र धेरै रोगबाट बच्न सकिन्छ। पछिल्लो समय जानकारी इन्टरनेटमा जति भने पनि पाइन्छ। मानिसहरूले उक्त जानकारी हेर्छन् पनि। तर, त्यसलाई कसरी आफ्नो जीवनमा प्रयोग गर्ने भन्ने कुराको जानकारी हुँदैन। त्यसका लागि जनचेतनाको आवश्यकता चाहिन्छ।
मानिस चुरोट खाइरहेका छन्। तर, उनीहरूले त्यसले आफूलाई असर गरेको छ र यो खानुहुँदैन भन्ने सुन्न चाहँदैनन्। मानिस चुरोट खाँदा तनावमुक्त भइन्छ भन्छन् र खान्छन्। तर, उनीहरूले त्यसले एकछिनको तनाव हटाएर जीवनभरिको तनाव दिन्छ भन्ने कुरा बुझेका हुँदैनन्। यसका लागि मानिसले आजैबाट आफूलाई सचेत गराउनुपर्छ। कति सचेत गराउन सके भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। चुरोटको सेवनले मानिसमा विभिन्न रोग लाग्छ र त्यसले शरीरमा विभिन्न असर गरेको हुन्छ। चुरोटको कारण फोक्सोमा क्यान्सर हुन्छ भन्ने आम मानिसको धारणा छ। तर, चुरोटले क्यान्सरमात्र हुँदैन, यसले मानिसलाई हृदयाघात पनि हुन्छ।
पछिल्लो समय हाम्रो प्राकृतिक स्वरूपमा आएको परिवर्तन र यसको असरले पनि हामीलाई निकै प्रभावित पारेको देखिन्छ। प्रकृतिको स्वरूप परिवर्तनशील छ। हामीचाहिँ पुरानै प्राकृतिक पक्षमा रहेका छौं।
पछिल्लो समय हाम्रो प्राकृतिक स्वरूपमा आएको परिवर्तन र यसको असरले पनि हामीलाई निकै प्रभावित पारेको देखिन्छ। प्रकृतिको स्वरूप परिवर्तनशील छ। हामीचाहिँ पुरानै प्राकृतिक पक्षमा रहेका छौं। पुरानै जीवनशैली अपनाएका छौं भने कति स्थानमा विदेशी सिको गरेर पनि हामीले काम गरिरहेका हुन्छौं। यसले पनि हाम्रो स्वास्थ्यलाई असर पारेको हुन्छ तर उक्त कुरा हामीले बुझेका हुँदैनौं। विश्वमा वातावरणीय परिवर्तन भइरहेको छ। यसले मानिसहरूलाई असहज वातावरणमा लगिरहेको छ। स्वास्थ्यमा प्रतिकूल असर पारेको छ। यस्ता पक्षको सचेतताका लागि हामीले जनचेतना फैलाउन सक्नुपर्छ। आफ्नो जीवनलाई मौसमअनुरूप परिवर्तन गर्न सक्नुपर्छ। शारीरिक व्यायाममा नियमितता दिने, तनावमुक्त जीवनयापन गर्न सिक्नुपर्छ। धूमपान र मद्यपानबाट टाढै रहेर आफ्नो स्वास्थ्यको खाल राख्न सकेमा मात्र मुटुलाई जोगाउन सकिन्छ।
त्यसैले मुटुको सुरक्षा गर्न अरू रोगको पनि समयमा उपचार गर्न सक्छ। अरू रोगले मानिसको मुटुमा असर पारेको हुन्छ। यति हो, डाक्टरसँग परामर्श गरेर खाएको औषधिले मानिसलाई कुनै पनि प्रकारको साइड इफेक्ट गर्दैन। औषधिसँगै हाम्रो जीवनशैली र खानपानमा सुधार गर्न सकेको खण्डमा मुटुको उपचार गर्न सकिन्छ। -गतिशिल डेलीबाट