वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले पर्साको क्रिकेट खेल क्षेत्रको विकासका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएका छन् ।
वीरगन्जमा आयोजित पर्सा क्रिकेट संघको सातौं साधारणसभा तथा जिल्ला अधिवेशनलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै उपमेयर आलमले त्यसका लागि पर्सा क्रिकेट संघलाई आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको बताए । विश्ववभरनै अहिले क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको परिपेक्ष्यमा वीरगन्जले पनि क्रिकेटको क्षेत्रमा अझ धेरै फड्को मार्नुपर्नेमा उनले जोड दिए ।
सभामा संघले विगतमा गरेका गतिविधी र क्रिकेट खेलका क्षेत्रमा भएका सुधार लगायतका कार्यक्रमसहितको प्रतिवेदन पेस गरिएको अध्यक्ष दाउद अन्सारीले जानकारी दिए । बुधबार नै अधिवेशनको बन्दसत्रले संघको नयाँ नेतृत्व चयनपनि गर्ने उनले बताए ।
अधिवेशनको उद्घाटन समारोहमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया , सचिव अनिल चौगाई , केन्द्रिय पर्यवेक्षक माधव कर्र्मचार्य लगायतकोपनि सहभागीता