हिन्दु बिरोधि समाचार लेखेको भन्दै बिरगंजमा कान्तिपुर पत्रीका जलाइयो

वीरगंज ३१ साउन । हिन्दु धर्म र संस्कृति विराेधी कान्तिपुरले समाचार लेखेको भन्दै मंगलबार वीरगंजमा कान्तिपुर दैनिक पत्रिका जलाइएको छ । हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै हिन्दु युवाहरुले बाइपास सडकमा मंगलबार बिहान पत्रिका जलाएका हुन् ।

नेपालमा पहिलो पटक आउनु लाग्नु भएको भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा प्रवचनका ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

त्यही समाचारकाे विराेधमा हिन्दूवादी संघ संगठनहरूले मंगलबार बिहान बाइपास सडकमा पत्रिकाकाे गाडी राेकेर कान्तिपुर पत्रिका जलाउनुकाे साथै ‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारापनि लगएका हुन् ।

यसैबिच मंगलबार सांझ वीरगंज मै कान्तिपुरकाे विराेधमा प्रदर्शन समेत भएकाे छ । वीरगंजकाे घडिअर्वाबाट निस्केकाे विराेध प्रदर्शन घण्टाघरमा पुगी सम्पन्न भएकाे थियाे ।

विराेध प्रदर्शनमा सहभागिहरुले हिन्दु धर्म माथि टिका टिपन्नी गर्न पाइदैन, हिन्दु विराेधी कान्तिपुर मुर्दाबाद लगायतकाे नारा लगाउनुकाे साथै कान्तिपुर पत्रिका समेत जलाएका थिए ।

उनीहरुले कान्तिपुरले छमायाचना माग्नु पर्ने वताए । प्रदर्शनकारीहरुले कान्तिपुरले छमायाचना नमागे कान्तिपुर पत्रिका वीरगंजमा कुनै हालतमा आउन नदिने हिन्दु समाजका युवाहरुले भने ।

Facebook Comments Box

समन्धित समाचार