मोदीले लाल किल्लाबाट भने, ‘जो आए, भारतलाई लुटिरहे…’

भारत । आज भारतको स्वतन्त्रता दिवसको मौकामा दिनमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नाममा सम्बोधन गरे । यतिबेला मोदीले दासताको युगबारे पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘हामीले इतिहासलाई हेर्दा यस्ता पल आउँछन् जसले अमिट छाप छोड्छन् । ती अनेक समस्याको जड मानिन्छ । हजारौँ वर्ष अघि देशमा आक्रमण भयो । त्यति बेला थाहा थिएन कि एक घटनाले देशलाई हजारौँ वर्षको दासतामा पारिदिनेछ । जो आए, लुटिरहे ।’

मोदीले अरू धेरै कुरा भने  ।

जसलाई जे मन लाग्यो त्यो हामीमा सवार भयो । घटना सानो नै किन नहोस् तर हजार वर्षसम्म प्रभाव छोड्छ ।

भारतका वीरहरूले यस कालमा देशमा बलिदानको ज्वाला प्रज्वलित नगरेको कुनै समय थिएन । देशको नागरिक शक्ति, युवा शक्ति, किसान, मजदुर स्वतन्त्रताको पक्षमा नआउने कोही थिएन ।

जनचेतनाको त्यो व्यापक रूप, जनमानसमा रहेको त्यो विश्वास अन्ततः १५ अगस्त १९४७ मा भारत स्वतन्त्र भएपछि पूरा भयो ।

यो कालखण्डमा हामी जे गर्नेछौँ, जे कदम उठाउनेछौँ, एकपछि अर्को निर्णय लिनेछौँ… आगामी देशको सुनौलो इतिहास यसैबाट अङ्कुरित हुनेछ  । दासत्वको मानसिकताबाट बाहिर आएको देश नयाँ आत्मविश्वासका साथ अगाडि बढिरहेको छ ।

यसका साथै उनले देशका युवालाई भारतमा अवसरको कमी नभएको बताउँदै जति अवसर चाहिन्छ त्यति नै पाइने बताएका छन् ।

१० वर्षमा देशलाई १० बाट उठाएर ५ औँ अर्थव्यवस्था बनायौँ७७ औँ स्वतन्त्रता दिवसको मौकामा मोदीले आफूले देशको अर्थव्यवस्थालाई १० औँ स्थानबाट पाँचौँ नम्बरमा ल्याइपुर्‍याएको दाबी गरे ।

उनले भने, ‘हामी सत्तामा आउँदा अर्थव्यवस्थाको मामिलामा १० औँ स्थानमा थियौँ । आज हामी पाँच नम्बरमा छौँ ।’

‘यो यत्तिकै भएको होइन, भ्रष्टाचारका राक्षसले देशलाई आफ्नो नियन्त्रणमा लिएका बेला हामीले यसलाई रोक्यौँ  र एक बलियो अर्थव्यवस्था बनायौँ । हामीले गरिबको कल्याणका लागि बढीभन्दा बढी धन खर्च गर्‍यौँ । देश आर्थिक रूपमा बलियो हुँदा खजाना होइन देशको  सामर्थ्य बढ्छ ।’

‘म १० वर्षको हिसाब झन्डालाई साक्षी मानेर देशवासीलाई दिइरहेको छु । यति ठुलो परिवर्तन कसरी भयो भन्ने तपाईंलाई लाग्नेछ ।’

‘१० वर्ष अघि राज्य सरकारले ३० लाख करोड पाउँथे तर हामीले यो बढेर १०० लाख करोड पार्‍यौँ । स्थानीय विकासका लागि ७० हजार करोड जान्थ्यो आज तीन लाख करोड जान्छ । आज गरिबको घरमा सरकारले चार गुणा बढी खर्च गरिरहेको छ । गरिबको घर बनाउनका लागि ९० हजार करोड खर्च हुन्थ्यो । आज चार लाख करोड खर्च भइरहेको छ ।’

हामीले नयाँ संसद् बनायौँ

देशको नयाँ संसद्को कुरा गर्दै उनले भने, ‘२५ वर्षदेखि देशमा नयाँ संसद् बन्नेछ भनेर चर्चा भइरहेको थियो । ती मोदी नै हुन् जसले समय अगावै पहिलो नयाँ संसद् बनाए ।’

‘यो नयाँ भारत हो, यो सङ्कल्पलाई पूरा गर्ने नयाँ भारत हो त्यसैले यो भारत न रोकिन्छ, न थाक्छ, न हार्छ ।’

मोदीले देशमा आतङ्कवादी घटना कम भएको पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.