एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्म स्थगित

 

Advertisement

काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले उठेर नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले संसदको कामकारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए। तर पनि एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि सभामुख घिमिरेले बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराए।

एमालेले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरूको संलग्नता रहेको भन्दै छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ।

छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि  संसद चल्न दिएको छैन।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच पास भइ बाहिरिएको क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। करिब ३ हप्ता लामो अनुसन्धानपछि राजश्व अनुसन्धान विभागले छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको छ।

आज बरामद सुनको परिमाण जोखिदैछ। सुन के कति छ भनेर जोखिएपछि थाहा हुनेछ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box