पर्सा सहित मधेसका सबै जिल्लामा बाढीको उच्च जोखिम

वीरगंज । वीरगंज आज मंगलबार सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Advertisement

त्यस्तै, पर्सा, बारा ,झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलाहरुमा पनि आज बाढीको जोखिम रहेकाे महाशाखाले जनाएको छ । त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार बुधबार पनि यसैगरी पानी पर्ने अनुमान छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box