एमाले ताेकेकाे जिम्मेवारीबाट बन्जाराले किन दिए राजिनामा ?

वीरगन्ज २० साउन: नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले नेकपा एमाले पर्साले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएका छन्।

Advertisement

बन्जाराले यहि साउन १८ गते नेकपा एमालेका जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्मालाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। पार्टीले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारी अस्वीकार रहेकाे र त्याे जिम्मेवारी आफुले वहन गर्न नसक्नेले राजीनामा दिएकाे बनणजाराले बुझाएको उनले राजीनमा पत्रमा उल्लेख छ।

राजिनामा पत्रमा बन्जाराले लेखेका छन् -नेकपा एमालेको हालै सम्पन्न बैठकले मलाई अनेरास्वबियुको इन्चार्जको जिम्मेवारी दिएको पाए । जिम्मेवारी तोक्ने काम प्रति धन्यवाद ज्ञापन गर्दछु। तर अहिले म फरक जिम्मेवारीमा क्रियाशिल रहेकोले त्यो जिम्मेवारी वहन गर्न नसक्ने जानकारी गराउँछु ।

बन्जारा नेपाल पत्रकार महासंघकाे मधेस प्रदेशका महासचिव हुन् । पत्रकार महासंघले तय गरेको मापदण्डलाई कार्यान्वयन गर्ने स्थानमा रहेकोले पनि नेकपा एमालेले तोकेको जिम्मेवारीमा बसेर काम गर्न नसक्ने उनको भनाई छ । बन्जाराले अनेरास्ववियुको इन्चार्जको भूमिका स्वीकार गर्न नस्कने जनाउँदै इन्चार्जबाट राजीनामा दिएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box