पर्सालाई सुख्खा क्षेत्र घोषणा गर्न जनमत पार्टी पर्साको माग,

बिरगंज १५ साउन । यस वर्ष समय अनुकुल पर्याप्त वर्षा नभएको कारण पर्साको अधिकान्स धानखेती रोपाइ हुन नसकेको र सिचाइ परियोजनाहरुले पनि सिचाइको लागी पानी समयमा चाहिएको अनुपातमा उपलब्ध गराउन नसकेको अवस्थामा किसानहरु मर्का पीडा र चिन्तामा परेकाले जनमत पार्टी पर्साले उक्त समस्याहरु समाधानको पहल गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ। सिचाइको समस्याले ग्रसित किसानलाई मल,खादको अभावले थप समस्यामा पारेको छ ।

Advertisement

सरकारी मातहतका निकायहरु,पालिकाहरुले लक्षित किसानलाई आवस्यकता अनुसार सरकारले तोकेको मुल्यमा मल,खाद उपलब्ध गराउन नसकेको बाध्यात्मक अवस्थामा किसानहरु बिचौलिया र अन्य ब्यपारीहरु संग महँगो मुल्यमा मल,खाद खरिद गर्न बाध्य छन् । अत: सहज सिचाइ र मल,खाद उपलब्धताको लागी सरोकार र जिम्मेवारवाला निकाय संग पहल गर्न र मल,खाद माफियाहारुको पहिचान गरि कार्वाही गर्न माग गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।


साथै यस वर्ष प्राकृति आपदाको अवस्थामा यो जिल्लामा खेतिकिसानिको दयनीय अवस्था हुने हुँदा यो जिल्लालाई सुखाग्रस्त जिल्ला घोषणा गरि किसानहरुलाई छतिपुर्ती एवं सुबिधाको लागी पहल ,सिफारिस गर्न अनुरोध गरिएको छ।
जिल्ला इन्चार्ज माधव सिह र जिल्ला संयोजक ओमप्रकाश सरार्फको नेतित्वमा सहभागी टोलीमा राजनीतिक समिति सदस्य करिमा बेगम, केन्द्रिय सदस्यहरु चन्दन सिह, नजमा खातुन ,सह जिल्ला इन्चार्ज मुकेश द्विवेदी, जिल्ला सचिव राजनरायण मिस्र, युवा दास्ताका पर्सा संयोजक कन्हैया झा,उमा शंकर गुप्ता, सन्जय सिह, सन्दीप साह, शशी पाण्डे लगायतको सहभागीता रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box