पकहामैपुर गापाका पूर्व अध्यक्ष बिजय चौरसियाले गाउँपालिमा सिचाइको लागि पानी ल्याउनमा जुटे

पर्सा १५ साउन । बिरगंज लगाएता मधेस प्रदेशमा लामो समय देखि पानी नपर्दा किसानहरु मार्मा परेका छन । पकहामैनपुर गाउँ पालिकामा सिचाईको लागि पानी न हुदा र भोग्दै आएको समस्या समाधानका लागि पकहामैनपुर गापालिकाका पूर्व अध्यक्ष बिजय चौरसियाले गाउँपालिका आएको नहरमा पानी ल्याउन जगनाथपुर गाउँपालिकाको अस्वारी हुँदै गएको बम नहरबाट पानी ल्याउन त्यहाँ पुगेका छन् ।

Advertisement

मनसुन हुने मुख्य मौसममा औसतभन्दा पनि कम वर्षा भएपछि यतिबेला पर्सा जिल्लामा पानीको हाहाकार मच्चिएको छ । मुख्य अन्नबाली धान रोप्ने समयमा वर्षा नभएको र भएका बोरिङ र पम्पहरू पनि सुकेपछि पालिकामा खडेरी परेको अध्यक्ष चौरसियाले बताए ।

“मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, वर्षभरि खाने धान सुक्दै जाँदा पालिका अन्तर्गतका किसानहरूको मनमा चिन्ता बढ्दै गएपछि आफू पनि चिन्तित भई पालिकामा पानी ल्याउन नहरमा लागेको फोहोर जेसिविले साफ गराई बम नहरबाट पालिकाको नहरमा पानी लैजान लागेको पूर्व गाउँपालिका अध्यक्ष चौरसियाले बताए ।

निर्वाचित जनप्रतिनिधिहरुले किसानको समस्या नबुझी आफू कसरी कमाउने कार्य तर्फ बढी लागेको उनले बताए । पालिकाका किसानहरूको दुःख पीडा जितेका जनप्रतिनिधिहरुले पनी बुझेका छैनन्। आज बम नगरबाट पानी ल्याउन पालिका अन्तर्गतको जेसिवि लिन खोज्दा विभिन्न किसिमको बहाना पालिकाबाट गरिएको उनले बताए । पछि सिंचाई डिभिजन कार्यालयसँग समन्वय गरी डिभिजनको जेसिबि लिई पालिकामा पानी लैजान लागेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box