बिरगंजको नगवामा रहेको सनलाईट माध्यामिक विद्यालयमा यहि शैक्षिकसत्रदेखि कक्षा ११ सञ्चालन हुने

बिरगंज १६ असार । बिरगंज १६ नगवामा रहेको सनलाईट माध्यामिक विद्यालयमा यहि शैक्षिक सत्रदेखि दश जोड २ मा व्यावस्थापन संकायको अध्यापन शुरु गर्ने भएको छ ।

Advertisement

विद्यालयले शनिबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरेर कक्षा ११ मा व्यावस्थापन संकायमा अध्यापन शुरु गर्न लागेको जानकारी दिएको हो ।

कक्षा १० सम्म अध्यापन हुदै आएको सो विद्यालयमा सनलाईट इएसएस प्लस टु म्यानेजमेण्टको अध्यापन यहि शैक्षिक सत्रदेखि शुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले जानकारी दिनुभयो । विद्यालयले वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणाली अनुसार कक्षा ११ को अध्यापन गराउने योजनाका साथ कक्षा शुरु गर्न लागेको जनाएको छ ।

कक्षा ११ मा सरकारले लिएको पढ्दै जाऊ, कमाईदै जाऔंको नीति अनुसारको रोजगारमुखी शिक्षा सिकाईने बताईएको छ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको रुची र चाहाना अनुसार कुन शिक्षा लिन चाहेको हो ? उनीहरुको रुची, सीपको पहिचान गरेर सोही अनुसारको शिक्षा प्रदान गरिने स्किल मेनेजर मनिष चालिसेले बताउनुभयो ।

त्यस्तै जिल्लामा उत्कृष्ट र प्रवेश परीक्षामा उत्कृष्ट विद्यालयलाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षामा दशजना उत्कृष्ट, सरकारले निर्धारण गरेको १० प्रतिशत गरिब, विपन्न, असहाय र अन्य पिछडिएको समुदायकाहरुका लागि १० प्रतिशत तथा छात्राहरुको लागि विशेष सुविधाको व्यावस्था गरिएको जनाएको छ ।

विद्यालयका विद्यार्थी क्लयाण संयोजक शिवम साहले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सञ्चालक समितिका निर्देशकहरु विजय चौरसिया, उमेश साह, दिनेश साह, धनञ्जय चौरसिया लगायत विद्यालयका विषयगत शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box