Post Views: 1,204
बिरगंज २४ जेठ । ठाकुरराम कलेजका शिक्षक एवम् शिक्षाविद् आलोककुमार चौरसिया वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने नगर शिक्षा समितिको सदस्यमा मनोनित भएका छन् ।
चौरसियालाई महानगर प्रमुख (मेयर) राजेशमान सिंहले समितिको सदस्यमा मनोनित गरेका हुन् ।
मेयर सिंहले चौरसियालाई शिक्षा नियमावली नियम २४ (१) (च) अनुसार वीरगञ्ज महानगरपालिका शिक्षा समितिको सदस्य पदमा एक वर्षको लागि मनोनयन गरेका छन् ।
शिक्षा समितिको सदस्यका रुपमा चौरसियाले सक्रिय एवम् प्रवर्तनात्मक सहयोग गर्नेछन भन्ने मेयर सिंहको अपेक्षा छ ।
चौरसिया वीरगञ्जस्थित सन लाइट सेकेण्डरी स्कूलका प्रधानाध्यापक एवम् निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को वीरगञ्ज महानगर समितिका अध्यक्ष पनि हुन् । त्यसकासाथै चौरसिया कम्प्युटर एसोसिएसन अफ नेपाल र लायन्स क्लब जस्ता सङ्घ संस्थामा पनि आबद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0