चुरे अभियन्ताहरू वीरगंज देखी काठमांडु पैदल यात्रा सुरु

चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले काठमाडौं केन्द्रित आन्दोलनको शुरुवात गरेका छन् ।

सिरसिया नदीलाई प्रदुषण, अपहरणमुक्त गराउन र भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत बिहीबारदेखि उनीहरुले काठमाडौं केन्द्रित आन्दोलनको शुरुवात गरेका हुन् ।

अभियानीहरुले बिहीबार सिरसिया नदीको प्रदुषित पानी बोकेर वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा आरम्भ गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा बिशेष सहयोग सरोज राय यादव हरि श्रेष्ठ लगायत दर्जनौं अभियानीहरु पैदल यात्रामा सहभागी भएका छन् ।

संयोजक यादवले वीरगञ्जबाट सुरु गरेको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिरसिया नदीको प्रदुषित पानी पोख्ने र सरकारले त्यसले पनि नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने जानकारी दिए ।

अभियानीहरुले यसअघि बैशाख १४ देखि २८ गतेसम्म विरोधका विभिन्न कार्यक्रमहरु गरेपनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगर्दा बिहीबारदेखि उनीहरु काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

सार्वजनिक जग्गा उद्योगपतिहरुले उद्योगको नाममा अतिक्रमण गरेको चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आरोप लगाए । उनले सिरसिया नदीलाई प्रदुषण गर्नुको साथै स्वास्थ्यसँग खेलवाड गर्ने काम उद्योगहरुले गरिरहेकाले यो अभियानको शुरुवात गरिएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.