पिकअपकाे ठक्करले बसमा सवार यात्रुको मुत्यु

बिरगंज २८ बैशाख । बाराको भलुही चाैकमा पिकअपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

Advertisement

शुक्रबार बिहान बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वाड नम्बर २३ भलुही चाैकमा पिकअपकाे ठक्करबाट बसमा सवार यात्रुकाे मृत्यु भएकाे हो ।

पिकअपकाे ठक्करले बसमा सवार यात्रु पर्साकाे कालिकामाई गाउँपालिका – २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महताे नुनियाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेकाे ना ६ ख ९३६१ नम्बरकाे बसमा सवार नुनियाकाे विपरित दिसाबाट आउँदै गरेकाे प्रदेश २ -३ -००१ -च -२४५२ नम्बरकाे पिकअपले ठक्कर दिदाँ उनको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषाेत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

नुनियाले बसको झ्यालबाट टाउकाे निकालेका कारण पिकअपकाे ठक्करबाट दुर्घटना हुँदा उनको मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

यात्रुवाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बाराकाे सिमरा निवासी तिर महमदलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे प्रवक्ता पाण्डले वताए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box