संसदमा बोल्न नदिएको भन्दै डा सिंहले संसदमै लुगा फुकाले

काठमाडौं २५ बैशाख । सोमबारको दिन प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।

भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन । यो बाहेक मेरो विकल्प थिएन‚’ संसद् बैठकबाट बाहिरिएपछि सांसद सिंहले बताए ।

आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे । सभामुखले पटक पटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए ।

Facebook Comments Box

समन्धित समाचार