चुरे तथा वनजङ्गल संरक्षण अभियानले वैशाख २४ गतेदेखि आन्दोलन गर्ने घोषणा

बिरगंज २३ बैशाख । चुरे तथा वनजङ्गल संरक्षण अभियानले भोलि वैशाख २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासङ्घ, पर्सामा शनिवार पत्रकार सम्मेलन गर्दै चुरे तथा वनजङ्गल संरक्षण अभियानका संयोजक सुनील यादवले भोलि वैशाख २४ गते आइतवारदेखि वीरगंजमा चरणबद्ध आन्दोलन गर्ने जानकारी गराए ।

उनले भोलि २४ गते विरोध जुलूस, कोणसभा, पर्सि २५ गते वीउवासङ्घअगाडि, २६ गते वीरगंज महानगरपालिका कार्यालयअगाडि, २७ गते डिभिजन वन कार्यालय, पर्साअगाडि र २८ गते जिल्ला प्रशासन कार्यालय, पर्साअगाडि प्रदर्शन गर्ने बताए ।

संयोजक यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रण, सार्वजनिक जग्गा अतिक्रमण रोक्न र स्थानीयलाई रोजगारको व्यवस्थाको माग गर्दै पर्सा रबाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाए पनि माग पूरा नभएकोले आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.