सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

काठमाडौँ २२ बैशाख । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । उनी सकुसल रहेको सिम्रिक एयरका कर्मचारीले बताए । घटनाको यथार्थ जानकारी प्राप्त नभइसकेको अवस्थामा सुरक्षाकर्मी र उद्धारकर्मी घटनास्थलमा पुगेका छन् ।

दुर्घटनाको कारण खुलेको छैन ।

Facebook Comments Box

समन्धित समाचार