दिपक चौरसिया
बिरगंज २१ बैशाख । श्रीनृसिंह भगवानको जन्मउत्सवको अवसरमा पिपरामठ मन्दिर संरक्षणले भब्य रुपमा शोभा यात्रा र महाआरती आयोजना गर्ने ।
श्रीनृसिंह भगवान पिपरामठ मन्दिर संरक्षण समिति बीरगंज १४ ले भब्य रुपमा भगवान श्रीनृसिंहको २१ गते अर्थात बिहीबार बीरगंजमा शोभायात्रा र महाआरती गर्न लागेको छ । पिपरामठ मन्दिर संरक्षण समितिले यो अभियानलाई सार्थक बनाउने उदेश्य रहेको समितिका अध्यक्ष रामप्रवेश प्रसाद कुर्मीले बताएका छन उनलेे भने श्री भगवान नृसिंहको जन्मउत्सवको अवसरमा उक्त कार्यक्रम गर्ने लागेको हो ।
हिन्दु धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार भगवान बिष्णुको चौबीस अवतार रहेको जुन भगवानहरु मध्येका यो नृसिंह भगवान पनि एक रहेको र उनको १३५ वर्ष पहिला भगवानको रुपमा रहेको बताएकाे बताए । यसको संरक्षण गर्न आफुहरु अहिले लागिपरेको बताउदै यो प्रसिद्ध पिपरामठमा दुई पटक विश्वहिन्दु सम्मेलन समेत भएकोले अब समिति यसलाई संरक्षण गर्ने बताएका छन ।
बिहीबार २१ गते बिहान ६:३० बजे शोभायात्रा निकालेर बीरगंज विभिन्न भाग परिक्रमण गरि बेलुकी ७ बजेदेखि महाआरती हुने भएकोले सबै भक्तजनहरुमा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन अध्यक्ष कुर्मीले नगरबासिमा हार्दिक अपिल गरेका छन । पर्सा जिल्ला बासिन्दाहरुका लागि यो श्रीनृसिंह भगवानको यहाँ हामीले पुजापाठ गर्न पाउन सौभाग्य रहेको बताएका छन ।