काठमाडौँ २० वैशाख । सरकारले एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विजेता क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन । उनले क्रिकेट खेलाडीले देशको मान बढाएको र त्यसको विकास भइरहेकाले सरकारले उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको बताईन् ।
उनले भनिन्, एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय भएको छ । त्यस्तै क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताइन् ।
त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय गरिएको छ ।
नेपालले मंगलबार एसीसी प्रिमियर कप जितेको थियो । यूएईलाई पराजित गर्दै नेपालले एसीसी प्रिमियर लिग जित्दै एसिया कपका लागि छनोट भएको थियो ।