बाराको देवताल–२मा जसपा जनता दर्शन कार्यक्रम

बारा २६ चैत । संघर्षबाट प्राप्त अधिकारलाई संस्था गर्नु पर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनु भयो । बारा निर्बाचन क्षेत्र नंं २ देवताल गाउँपालीका अन्र्तगत कटहरीया, झिटकहरीयामा जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको लडाई भने समाजिक र आर्थिक परिबर्तन गरी मुलुकको सम्मुन्तिकालागि लडन तयार रहन आम जनतालाई आग्रह गर्नुभयो ।

Advertisement

अध्यक्ष यादवले हाल संघियता बिरोधि तत्वहरुले बिकास र परिर्वतनलाई समाप्त पार्न जातियताको नारालाई मलजल गरीरहेको आरोप लगाउदै सो बाट सचेत रहन समेत आग्रह गर्नभयो । बारा निर्बाचन क्षेत्र नं। २ का उम्मेदवार जसपा अध्यक्ष यादवले जात पातकको नाराले कसैको भलो नहुने बताउदै बरु संघियता नै कमजोर भई पाएको उपलब्धि समेत गुम्ने खतरा तर्फ सचेत रहन हुन समेत गर्नुभयो ।

जनताको संघर्ष त्याग र बलिदानको बलमा नै आजको मधेश प्रदेशको स्थापना भएको बताउदै पाएको उपलब्धिलाई संस्था गर्न र बाँकी रहेको अधिकारकालागि निरन्तर खवरदारी गर्नु पर्ने बताउनुभयो । उहाँले संघियता बिरोधि तत्वलाई कडा जवाफ दिन तथा संघियतालाई संस्थागत गर्दै आन्तरीक विभिन्न किसिमको भेदभाव जस्तै जातीय, वर्गीय, छुवाछुत, लैङ्गीक जस्ता विभेद अन्त्य गर्नुपर्ने जिम्मेवारी समेत मेरो काँधमा रहेको उल्लेख गर्दै त्यसको लागी नै आफनो उम्मेदवारी रहेको जानकारी समेत गराउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box