राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा भ्रमपूर्ण प्रचारप्रति चेतावनी

वीरगञ्ज ७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले केही व्यक्ति तथा समूहले पार्टीको नाम दुरुपयोग गर्दै सामाजिक सञ्जालमा गलत प्रचार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

पार्टीको जिल्ला कार्यालय पर्साले जारी गरेको विज्ञप्तिअनुसार, केही व्यक्तिहरूले आफूलाई वीरगञ्ज महानगरपालिका लगायत विभिन्न पालिकाहरूमा मेयर तथा वडाअध्यक्ष पदका उम्मेदवार भएको दाबी गर्दै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन तर पार्टीले हालसम्म कसैलाई पनि कुनै पदको उम्मेदवार घोषणा नगरेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा यस्ता भ्रामक, कपोलकल्पित तथा आधारहीन सूचनामा विश्वास नगर्न आम नागरिकलाई आग्रह गरिएको छ। साथै, पार्टीको नाम प्रयोग गरी गलत गतिविधि नगर्न र यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहबाट सचेत रहनसमेत अनुरोध गरिएको छ।

पार्टीका जिल्ला सचिव सुदीप प्रजापतिले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा आधिकारिक निर्णय बाहेकका कुनै पनि दाबीलाई सत्य नमान्न सर्वसाधारणलाई आग्रह गरिएको छ। र आउने दिनमा पार्टीले आफै विज्ञप्ति जारी गरी आफ्नो उम्मेदवारहरु को को हुन् भनेर आफै जानकारी गराउने छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box