नेकपा निकट ‘जेनजी रेड तिमल्सिनाले दुष्प्रचारको आरोप ,एआईमार्फत तस्बिर प्रयोग नवनिर्वाचित सांसदविरुद्ध दुष्प्रचार

बिरगंज ३ चैत । नेकपा निकट ‘जेनजी रेड फोर्स’की संयोजक स्मृति तिमल्सिना एआईमार्फत तयार पारिएको नक्कली तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदविरुद्ध दुष्प्रचार गरेको आरोपमा विवादमा तानिएकी छन्।

Advertisement

मंगलबार काठमाडौंस्थित होटल रोयल टुलिप मा आयोजित रास्वपाको अभिमुखीकरण कार्यक्रममा सहभागी सांसदहरूको वास्तविक तस्बिरलाई तोडमोड गरी तिमल्सिनाले सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गरेको आरोप लागेको हो। सार्वजनिक गरिएको तस्बिरमा सांसदहरू बसेको टेबलमा मदिरा र मासु राखिएको देखाइएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया, आलोचना र बहस सुरु भएको थियो।

तिमल्सिनाले उक्त तस्बिरसँगै “हामीलाई मासुभात भन्ने, आफूहरू चाहिँ KFC खाने” भन्ने क्याप्सनसमेत लेखेकी थिइन्, जसले विवादलाई झनै चर्काएको थियो। तर पछिल्लो प्राविधिक परीक्षणले सो तस्बिर वास्तविक नभई एआई प्रयोग गरी बनाइएको नक्कली भएको पुष्टि गरेको छ।

टेक पाना द्वारा गरिएको फ्याक्ट चेक अनुसार ‘हाइभ मोडरेसन टुल’मार्फत गरिएको विश्लेषणमा तस्बिर करिब ८८.६ प्रतिशत एआईबाट सिर्जना गरिएको देखिएको छ। साथै, ओपन सोर्स इन्टेलिजेन्स (OSINT) प्रविधिबाट गरिएको अनुसन्धानले कार्यक्रमको वास्तविक तस्बिर समेत फेला पारेको छ, जसमा कुनै पनि मदिरा वा आपत्तिजनक सामग्री नभएको पुष्टि भएको छ।

अनुसन्धानले वास्तविक तस्बिरलाई एआईमार्फत म्यानुपुलेट गरी थप सामग्री राखिएको र त्यसबाट भ्रम सिर्जना गरिएको देखाएको छ। सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताहरूले समेत उक्त नक्कली तस्बिर शेयर गर्दै गलत सूचना फैलाएको पाइएको छ।

यस घटनाले सामाजिक सञ्जालमा एआईको दुरुपयोग, डिजिटल दुष्प्रचार र सूचना विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। विश्लेषकहरूका अनुसार यस्ता गतिविधिले राजनीतिक वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै जनमानसमा भ्रम र अविश्वास बढाउने जोखिम उच्च बनाइरहेको छ।

सञ्चार विज्ञहरूले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कुनै पनि सामग्री साझा गर्नुअघि तथ्य जाँच गर्न र जिम्मेवार बन्न आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box