पर्सा ४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत विभिन्न वडाका करिब दुई दर्जन जेन्जि पुस्ताका युवाहरू आजदेखि जनमत पार्टी मा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूले आगामी निर्वाचनमा क्षेत्र नम्बर–१ मा ‘हरन’ चुनाव चिन्हलाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वीरगञ्ज महानगरपालिका–२० का शत्रुधन यादव र वडा नम्बर–१३ का प्रन्जल ठाकुरको नेतृत्वमा युवाहरू स्वस्फूर्त रूपमा पार्टीमा आबद्ध भएको जनाइएको छ। कार्यक्रममा बोल्दै युवाहरूले विकास, सुशासन र युवामैत्री नीतिका पक्षमा जनमत पार्टीलाई बलियो बनाउन सक्रिय भूमिका खेल्ने बताएका छन्।
नवप्रवेशी युवाहरूलाई पर्सा क्षेत्र नम्बर–१ का जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फ, नेतृ रम्भा मिस्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह तथा युवा महानगर अध्यक्ष अजित सिंहलगायत नेताहरूले स्वागत गरेका थिए।
कार्यक्रममा वक्ताहरूले युवाहरूको सहभागिताले पार्टीलाई थप ऊर्जा मिलेको उल्लेख गर्दै क्षेत्रको समग्र विकासका लागि संगठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए। युवाहरूको सक्रियतासँगै पर्सा–१ मा चुनावी माहोल थप उत्साहजनक बन्दै गएको बताइएको




