नेपाली काँग्रेसबाट पर्सा–१ का उम्मेदवार रुङ्गटा माथि आरोप–प्रत्यारोप तीव्र, मतदाता असन्तुष्ट

वीरगंज २९ माघ । पर्सा जिल्ला क्षेत्र नं. १ मा चुनावी माहोल दिनप्रतिदिन तीब्र बन्दै गएको छ । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुंगटा विरुद्ध विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले तीव्र आलोचना गर्न थालेका छन् ।

Advertisement

उद्योगी व्यवसायीको पृष्ठभुमी रहेका उम्मेदवार रुङ्गटाले चुनावी अभियानको क्रममा स्थानिय मतदाताहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आश्वासनहरु बाँडदै हिडेका छन्, तर उनी आफ्नो उद्योगमा अधिकांश कर्मचारी र मजदुरहरुमा भारतीय नागरिकलाई रोजगारी दिएको भन्दै सामाजिक सञ्जालनमा उनको निकै आलोचना बढेको छ ।

पछिल्ला चुनावी कार्यक्रम तथा घरदैलो अभियानका क्रममा विपक्षी दलहरूले रुंगटाको नेतृत्वमा क्षेत्रीय विकास, जनसम्पर्क तथा जनअपेक्षा अनुसारको काम हुन नसकेको आरोप लगाएका छन् । उनीहरूले विगतमा उद्योग–व्यवसाय सँग जोडिएका भए पनि आम नागरिकका समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको दाबी गरेका छन् ।

रुङ्गटा चुनावको बेलामा मात्र जनता माझ पुग्ने गरेको भए पनि चुनावको समय सकेपछि जनताबाट हराउने परम्परा उनीमा रहेको भनि स्थानिय मतदाताहरुले टिप्पणी गर्न थालेका छन् । चुनावको बेलामा मात्र मतदातहरु बिच पुग्ने गरेका कारण स्थानियहरुले उनीमाथी विश्वासन नगर्ने उनका प्रतिस्पर्धीहरुले दाबी गरिरहेका छन् ।

विपक्षी नेताहरूले बेरोजगारी, शिक्षा–स्वास्थ्य, पूर्वाधार विकास तथा किसानका मुद्दामा ठोस योजना नदेखिएको भन्दै मतदातालाई विकल्प रोज्न आग्रह गरिरहेका छन् । साथै चुनावी सभामा बोल्ने क्रममा केही स्थानीय राजनीतिक प्रतिनिधिहरूले “पुरानो शैलीको राजनीति परिवर्तन हुनुपर्ने” र नयाँ सोच तथा पारदर्शी नेतृत्व आवश्यक रहेको बताएका छन् ।

यता नेपाली कांग्रेस पक्षले भने विपक्षीको आरोपलाई राजनीतिक प्रचारबाजी मात्र भएको बताउँदै आफ्ना उम्मेदवार अनिल रुंगटाले क्षेत्रको आर्थिक विकास, उद्योग प्रवद्र्धन तथा सामाजिक सेवामा योगदान दिएको दाबी गरेका छन् । कांग्रेस कार्यकर्ताहरूले जनताको समर्थन आफ्नै पक्षमा रहेको भन्दै चुनावी अभियानलाई अझ सशक्त बनाउने बताएका छन् ।

नेपाली कांग्रेस पक्षधर नेता तथा कार्यकर्ताहरुले उम्मेदवार रुङ्गटाको समर्थन गरे पनि सर्वसाधारण मतदाताहरु उनी देखि असन्तुष्ट देखिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box