सहिदको आमासँग आँसु र आशीर्वादको भेट, सहिदका सपना अधुरा रहन दिँदिन: उम्मेदवार ओमप्रकाश सर्राफ

वीरगन्ज २० माघ । पर्सा क्षेत्र नम्बर–१, वीरगन्ज वडा नम्बर १८ इनर्वाका मधेस आन्दोलनका वीर सहिद धर्मराज सिंहकी आमासँगको भेट भावुक क्षणमा परिणत भएको छ।

Advertisement

जनमत पार्टीका प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश सर्राफले सहिदको तस्वीरअघि शिर निहुराउँदै, सहिद धर्मराज सिंहसहित मधेस आन्दोलनका सम्पूर्ण सहिदका सपना साकार पार्न जीवनभर संघर्ष गर्ने कठोर संकल्प व्यक्त गरेका छन्।

आशीर्वाद ग्रहणको क्रममा सहिदकी आमाले व्यक्त गर्नुभएको पीडा, आँसु र आशालाई उच्च सम्मानका साथ स्वीकार गर्दै सर्राफले भने, “सहिदको रगतले लेखिएको इतिहासलाई मेट्न दिइने छैन। सहिदले देखेको अधिकार, पहिचान र सम्मानको सपना पूरा नभएसम्म मेरो संघर्ष रोकिने छैन।”

सर्राफले मधेस आन्दोलन कुनै सम्झनामा सीमित विषय नभई आज पनि जिउँदो मुद्दा भएको उल्लेख गर्दै सहिदको बलिदानीबाट प्राप्त उपलब्धि जोगाउन र आन्दोलनका एजेन्डा बचाउन आफू उम्मेदवार बनेको स्पष्ट पारे।

सहिदको बलिदानीलाई सत्ता र स्वार्थको राजनीतिले ओझेल पार्न खोजिएको भन्दै उनले त्यसविरुद्ध जनताको बलबाट लड्ने अठोट दोहोर्याए।

सहिदकी आमाबाट पाएको आशीर्वादलाई संघर्षको शक्ति ठान्दै सर्राफले सहिद परिवारको पीडालाई राज्यले बिर्सिनु अपराध भएको टिप्पणी गरे।

“सहिदको सम्मान भाषणमा होइन, अधिकार कार्यान्वयनमा देखिनुपर्छ,” उनले जोड दिए

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box