वाईसिएलको कार्यक्रममा पत्रकारमाथि कुटपिट, नेपाल प्रेसका सुरज खड्का घाइते

Advertisement

वाईसिएलको कार्यक्रममा पत्रकारमाथि कुटपिट, नेपाल प्रेसका सुरज खड्का घाइते

काठमाडौं, असार १८ — नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएल (वाईसिएल) को काठमाडौं कमलादीमा आयोजित कार्यक्रमका क्रममा एक पत्रकारमाथि कुटपिट भएको छ। समाचार संकलनका लागि पुगेका नेपाल प्रेसका सिन्धुपाल्चोक संवाददाता सुरज खड्कालाई कार्यक्रम स्थलमै वाइसिएलका कार्यकर्ताले कुटपिट गरेको छ।

घटनामा घाइते भएका पत्रकार खड्का हाल काठमाण्डौ मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा उपचाररत छन्। उनलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

सिन्धुपाल्चोक पर्यटन संघका अध्यक्ष नारायण श्रेष्ठका अनुसार कार्यक्रमस्थलमा रिपोर्टिङ गरिरहेका बेला पत्रकार खड्कामाथि हातपात गरिएको हो। श्रेष्ठले भने, “समाचार संकलन गरिरहेका पत्रकारलाई वाइसिएलका केही कार्यकर्ताले धकेलेर हातपात गरे। यस्तो अमानवीय व्यवहार प्रेस स्वतन्त्रतामाथिको हमला हो

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए। आफ्नै पार्टीको भ्रातृ संगठन वाइसिएलद्वारा आयोजित कार्यक्रममा पत्रकारमाथि भएको हिंसाले राजनीतिक र सञ्चार क्षेत्र दुबैतर्फ चासोको विषय बनेको छ।
यस घटनाले राजनीतिक दलहरूको युवा संगठनबाट सञ्चारकर्मीमाथि हुने व्यवहारप्रति फेरि प्रश्न उठाएको छ। सम्बन्धित पक्षबाट अहिलेसम्म आधिकारिक प्रतिक्रिया नआएको भए पनि पीडित पत्रकारको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box