सिर्द्धार्थ माविका प्रअ वर्णवालको शिक्षक शिक्षिकाहरुले भब्य रुपमा बिदाइ


पर्सा १२ बैशाख । सिर्द्धार्थ माध्यमिक बिधालयमा लामो समयदेखि प्रअको रुपमा काम गदै आइरहनु भएका अनिल कुमार बर्णवालको भब्य रुपमा बिदाइ गरिएको छ ।

लामो समयदेखि उक्त बिधालयमा प्रअको रुपमा कार्यरत बर्णबाल हाल श्री नेपाल राष्ट्रिय बिधापिठमा सरुवा भएकाले उनलाई उक्त बिधालयमा आउनु भएका प्रअ राजेश्वर पाण्डेय र शिक्षक,शिक्षािकाहरुले अबिर माला तथा मायाको चिनोले सम्मान गरि बिदाइ गरेका हुन ।

प्रअ बर्णवालले यो सम्मान गर्ने परिपाटी धेरै राम्रो भएको भन्दै यसले आफुहरुमा थप सहयोगको भावना बढने बताउनुभएको छ । प्रअ बर्णबाल अति मिलानसार र सबैको भावनात्मक बुझ्ने भएकाले उनलाई सो बिधालयका शिक्षक शिक्षिकाहरुले यसरी बिदाई गर्ने अवसर पाएको एक शिक्षकले बताएका छन् ।

उहाँ सबैको भावना बुझ्ने प्रअ हुनुहुन्थ्यो आज हामी बाट टाढा जानू भएकोले समझनाका लागि सबैले उहाँलाई बिदाइ गरिएको बताए ।

Facebook Comments Box

समन्धित समाचार