बिरगंज २१ पुस । वीरगञ्ज महानगरको विचौ-विच बगने सिर्सीया नदी प्रदुषण मुक्तबनाउन समाज सेवी ओमप्रकाश सर्राफले उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामेछानेलाई ध्यानाकष्णर् गराएका छन ।
अभियन्ता सर्राफले वुद्धवार वाटसएप मार्फत गृहमन्त्री रवि लामेछानेलाई ध्यानाकर्षण गरेका हुन ।
वीरगञ्जको लाफलाईन सिर्सीया नदी वीरगञ्ज महानगरपालिका र केही उद्योगीहरुको लापर्वाहीको कारणले प्रदुषीत भई त्सयसमा बगेको पानी जलचर नष्टभई पानी विषादीमा पणिनत भएको उल्लेख गरेका छन । हाम्रो अभियानले लामो समय देखी आन्दोलन गरे पनि, अदालतमा केस /मुकदमा गरे पनि कुनै सुनुवाही नभएको भन्दै एउटा उच्च स्तरीय छानविन समिती गठनगरी यो नदीको जिवनोदार गर्न आग्रह गरेका छन ।
सिर्सीया नदी विगतका समयमा कृषी तथा विभिन्न पुजापाठ का लागी प्रसिद्ध रहेको थियो तर विस्तारै उद्योगी र महानगरको फोहोर फाल्ने नालाको रुपमा पणिनत हुदैं गएको छ ।
सिर्सिया नदी बचाउ अभियान लगभग एक दशक देखी विरोध गर्दा पनि सिर्सीया नदीमा फोहोर फाल्न रोकीएको छैन । स्थानीय स्तरमा हरेक किसिम ले आन्दोलन गरे पनि सुनवाइ नभएको ले गृहमन्त्री रवि लामेछानेलाई ध्यानाकर्षण गराईएको सर्राफको भनाई रहेको छ ।