सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ

काठमाण्डौँ १० पुष । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । अहिले सम्म सत्ता गठबन्धन र विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा सहमति जुटाउन सकेका छैनन् ।

पटक पटक काँग्रेस र माओवादी बीच एवं गठबन्धनभित्र छलफल चलेपनि सहमति हुन नसक्दा आज प्रधानमन्त्रीमा नाम अघि सार्ने संभावना कम देखिएको छ ।

यद्यपि, आज दिनभर छलफल गरेर सहमति हुनेमा गठबन्धनका नेताहरु विस्वस्त छन् ।

Facebook Comments Box

समन्धित समाचार