सांसद सचिवालयसँग मधेशी आयोगले मधेशी भाषामा सपथ गराइएको भन्दै सोध्यो स्पष्टीकरण

बिरगंज ८ पुष । मधेशी आयोगले प्रतिनिधिसभाका सदस्य चन्द्रकान्त (सिके) राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई बिहीबार मधेशी आयाेगमा सूचीकृत नभएको ‘मधेशी भाषा’मा शपथ गराएको भन्दै संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

प्रतिनिधिसभाका सदस्य राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी परेपछि आयोगले सचिवालयलाई स्पष्टीकरण सोधेको हो ।

सोही उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको तथा त्यो भाषामा शपथ लिन संसद् सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डङ्गोलले स्पष्टरूपमा जानकारी गराउन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएकी छन् ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौँ सङ्घ–संस्थाले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिकरूपमा सूचीकृत नरहेको र त्यो भाषामा शपथ लिनुले अन्य विद्यमान भाषामाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको बताए ।

Facebook Comments Box

समन्धित समाचार