एनआई कलेजका विद्यार्थीद्वारा निर्मित विज्ञान र प्रविधि सम्बन्धी आविष्कारको प्रदर्शनी


वीरगञ्ज, ३ पुष ।
वीरगञ्जको शिरोमणी टोलस्थित नेशनल ईन्फोटेक (एनआई) कलेजमा विज्ञान तथा प्रविधि सम्बन्धी आविष्कारको प्रदर्शनी गरिएको छ । स्नातक तहमा अध्ययनरत ७० जना विद्यार्थीहरुको सहभागितामा ९ वटा समूह बनाइएको थियो । ति समूहले बनाएका ९ वटा आविष्कारको आइतवार एक कार्यक्रमका बिच प्रदर्शनी गरिएको हो ।


यसअघि कलेजले आईटी तथा प्रविधि विज्ञहरुसँग विद्यार्थीहरुलाई ७ दिने प्रशिक्षण दिएको थियो । सूचना र प्रविधिको क्षेत्रमा कार्यरत संस्था नेपाल ट्रोनिक्स काठमाण्डौका ईलेक्ट्रोनिक ईन्जिनियरद्वय सरोज चौधरी र राजु श्रेष्ठले विद्यार्थीहरुलाई ७ दिने कार्यशालामा प्रशिक्षण दिएका थिए । साथै कलेजका ब्याचलर कोर्डिनेटर बिजय कुशवाहा, कम्प्युटर एशोसिएशन (क्यान) महासंघ पर्साका अध्यक्ष प्रशान्त कुमार र नीरज श्रीवास्तवले पनि विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।


उक्त कार्यशालामा सिकेका कुराहरुको आधारमा विद्यार्थीहरुले विभिन्न किसिमका ९ वटा परियोजना निर्माण गरेका हुन् । अञ्जली यादवको नेतृत्वमा समूह ‘ए’ ले स्मार्ट डस्टबिन निर्माण गरेको छ । त्यस्तै प्रमानन्द प्रसाद दासको नेतृत्वमा समूह ‘बी’ ले आरएफआईडी स्मार्ट लक बनाएको छ । प्रतिक्षा कुमारी साहको नेतृत्वमा समूह ‘सी’ ले अटोमेटिक स्ट्रिट लाईट बनाएको छ भने आदर्श कुशवाहाको नेतृत्वमा समूह ‘डी’ ले स्मार्ट एलसिटी निर्माण गरेको छ ।


बलबिन्द्र शर्माको नेतृत्वमा समूह ‘ई’ ले वाटर लेभल डिटेक्टरको आविष्कार गरेका छ भने श्रीनिवास शर्माको नेतृत्वमा समूह ‘एफ’ ले पानी शूद्ध बनाउने परियोजनाको निर्माण गरेको छ । आयुष गुप्ताको नेतृत्वमा समूह ‘जी’ ले ब्लुतुथबाट चलाउन मिल्ने कारको निर्माण गर्दा चन्दन चौधरी नेतृत्वको समूह ‘एच’ ले स्मार्ट इरिगेशन सिस्टमको निर्माण गरेको छ ।

सद्धाम हवारीको नेतृत्वमा समूह ‘आई’ ले स्मार्ट घर निर्माण गरेको एनआई कलेजका प्रबन्ध निर्देशक ई.मनिष सिंहले जानकारी दिए ।
विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरुलाई प्रविधिसँग घुलमिल गराउन कलेजले यस्ता कार्यशाला र कार्यक्रमको आयोजना गर्दै आएको सिंहले बताए । यसले विद्यार्थीहरुमा पनि हौँसला मिल्नुका साथै अरुलाई पनि प्रेरणा मिल्ने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.