बिरगंज १ पुस । वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाएकाे छ।
बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाकाे कार्यालय र यश अन्तरगतका वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आज पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएकाे उल्लेख छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेलकाे हस्ताक्षर रहेकाे उक्त सुचनामा महानगरपालिका कार्यापालिकाकाे मंसिर २६ गतेकाे निर्णय अनुसार महानगरपालिकाकाे कार्यालय, यस मातहतका सबै कार्यालय, स्वास्थ्य केन्द्र , स्वास्थ्य चाैकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरी बाहेक अरु सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुने गरि ज्यालादारी सेवाबाट हटाइएकाे व्यवहाेरा उल्लेख छ ।
गत स्थानिय तहकाे निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरु आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेकाे थियाे ।
महानगरले दैनिक ज्ययालादारीमा कति जना कर्शमचारी नियुक्त गरेकाे थियाे र अहिहले कति जनलाई जागिरबाट हटाएकाे हाे ? भन्बाने रेमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत पाैडेल र प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवालाई पटक पटक फाेन गरेर सम्पर्क गर्दा दुवै जनाकाे फाेन उठेन ।