
दिपक चौरसिया
बिरगंज २९ मंसिर । नारायणी अस्पतालका निमित्त सुपरिटेन्डेन्टडन बिरेन्द्र बहादुर प्रधानले आफ्नो १८ महिने कार्यकालमा नारायणी अस्पताललाई आधुनिकतामा परिणत गरेका छन ।वर्षैदेखि बेथिति रहेको अस्पताल उनलेे अन्तमा सुधार गरेर एउटा नमुनाका रुपमा उदाहरण बनेका छन ।
सरकारी अस्पतालमा सम्पूर्ण सेवाहरु अहिले गरिव तथा विपन्न वर्गले सेवा पाउन थालेपछि अस्पतालमा विमारीको चाप बढन थालेको डाक्टर उदय नारायण सिंहले बताएका छन ।मेसुको रुपमा उनलेे २०७८ जेष्ठ ५ गतेदेखि नियुक्ति पाएका प्रधानले अस्पताललाई कसरी सुधार गर्ने भन्ने बारेमा यहाँ उघोगपति समाजसेवी कर्मचारी डाक्टरहरु सैग दैनिक जसो सल्लाह सुझाव लिने काम उनलेे गरेका थिए।

उनको कार्यकाल आगामी पौष २ गतेदेखि अवकाशप्राप्त गरिरहदा नारायणी अस्पताल अब आउने मेसुले यसलाई थप सुधार गर्ने कि बन्द गर्ने हो यो चिन्ता अहिले थपिएको एक जना कर्मचारीले बताएका छन ।निमित्त मेसु प्रधानले आफ्नो छोटो कार्यकाल यति धेरै काम गर्नु भएको छ यहाँ यति धेरै मेसु आए तर केवल नामको मात्र मेसु भए भनेर कर्मचारीहरु स्वयंम बताउँछन् । उहाँ जस्तो डाक्टर अर्थात मेसु पाउन हाम्रो बीरगंजबासिको लागि धेरै उपलब्धि र खुशीको कुरा उहाँ जहिले पनि यो गर्न पाए हुन्थ्यो उसो गरेको भए थप अस्पताल सुधार हुने थियो भनेर दिनरात चिन्तित रहने गरेको एक डाक्टरले बताए ।
उहाँको कार्यकालमा अक्सिजन पलान्ट,एचडियु विभाग निर्माण ,आधुनिक भवन बन्द रहेको फार्मेसी पसल ,बिमा सेवा सुचारु ,आइसियु वार्ड,१२५ शैयको सेन्ट्रल,अक्सिजन ल्याप,र वर्षैदेखिको समस्या कर्मचारीहरुको तलब समायोजन ,इमर्जेन्सी भवनको अपग्रेड ,साढेतीन तल्लाको भवन निर्माण गरि तयार गरेको १० वटा संकेटिक वार्डका समेत छुटाउने काम भएको र बाकी डिपिआर तयार भइसकेकाले त्यो पनि सम्पन्न भएको खण्डमा थप सुविधा सम्पन्न अस्पताल हुने काम गरेर डाक्टर अर्थात मेसु प्रधानले अवकास पाउन लागेको डाक्टर सिंहले बताएका छन् ।
लामो समयदेखि अवस्थित रहेको नारायणी अस्पताल बेवस्थित हुन लागेपछि निजी अस्पतालहरुको अवस्था दैनिय हुने निश्चित रहेको बताइन्छ गरिव तथा विपन्न वर्ग संग लाखौं रकम असुली गदै आइरहेका क्लिनिकहरु अब नारायणी अस्पतालले सुकाउने हो कि भन्ने चिन्ता एक थरीका कुराहरु अहिले चल्न थालेको छ भने करोडौं खर्च गरेर बनाएका भवन र लाखौं घर भाडा तिर्नुपर्ने अवस्था रहेकोले अहिले नै केही नगरेपनि पछि केही त गर्ला भन्ने एक थरीको चिन्ता बढन थालेको छ।
लामो समयदेखि सरकरी अस्पताल मागि खाने भाडाको रुपमा रहदै आइरहेकोमा मेसु प्रधान एउटा नमुनाका रुपमा छोडेर जान लागेको यो नारायणी अस्पताल अब सबैले जोगाउने जिम्मेवारी आएको यहाँका बुद्धिजीवीहरु बताउँछन् ।

मेसु प्रधानको भनाइ मैले आफ्नो १८ महिने कार्यकालमा विभिन्न चुनौतीपूर्ण खेप्दै नारायणी अस्पताललाई सुविधा सम्पन्न ,गर्न सफल भएकोमा यहाँ कर्मचारी ,डाक्टर ,पारामेडिकल,स्टाप,विकास समिति ,बुद्धिजीवी ,राजनीतिक दल र विशेष यहाँ पत्रकारहरुलाई धन्यवाद एवम् बधाई दिन चाहन्छ ।