बिरगंज २८ मंसिर । श्रीमतीलाई कुटपिट गर्ने श्रीमान पक्राउ परेका छन । दाइजोको निहुँमा श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेका डा. पंकज चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले चौधरीलाई साँझ पक्राउ गरेको छ ।
मंगलबार मगचौधरीलाई उनकै घर रामगोपालपुर नगरपालिका वडा नम्बर ५ बाट पक्राउ गरिएको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए । उनीमाथि दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरेको आरोप छ ।
पक्राउ परेका पंकजविरुद्ध दाइजो लिन नहुने र घरेलु हिंसासम्बन्धी दुई वटा कसुरमा मुद्दा चलाइने एसपी पंगेनीले बताए ।
तीन वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहासँग पंकजको भेट भएको थियो । त्यसपछि प्रेममा परेका उनीहरुले २०७७ फागुन ६ गते टिकाटालो गर्दै एक वर्षपछि २०७८ फागुन २५ गते विवाह गरेका थिए ।
पडित नेहाका अनुसार उनको परिवारले विवाह गर्ने क्रममा ५१ लाख रुपैयाँसहित २० तोला सुन दाइजोका रुपमा दिएको थियो । दाइजो कम भएको भन्दै पंकजको परिवारले आफूलाई मानसिक तनाव दिन थालेको र पछि पंकजले समेत घरेलु हिंसा गर्ने गरेको उनले आरोप लगाएकी छन् ।
त्यसपछि प्रहरीले पंकजलाई पक्राउ गरेर सम्झाई-बुझाई गरेर छाडेको थियो । त्यसपछि पनि दाइजोको निहुँमा घरेलु हिंसा हुने क्रम नरोकिएपछि उनीविरुद्ध नेहाले उजुरी दिएकी थिइन् ।
नेहाले आफूमाथि हिंसा भएको सार्वजनिक गरेपछि पंकजलाई ग्राण्डी अस्पतालले सेवाबाट निकालेको थियो ।