बिरगंज २८ मंसिर । पर्साको वीरगञ्ज सहित मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु संग शीतलहर सुरु भएका छन् । मंसिर महिना सकिनै लाग्दा पुस महिनाको सम्झनाहुँदै हुस्सु संग शीतलहर सुरु भएको छ ।
बुधवार विहानै देखि बाक्लो हुस्सु लाग्नाले बाटो हिड्न समेत अप्ठ्यारो भईरहदा पुस महिनाको सम्झना गराएका हुन् । अघिल्ला दिनहरुको तुल्नामा आज बिहान भने बाक्लो मात्रामा हुस्सु लागेको हो । बाक्लो हुस्सु लाग्न थालेसँगै चिसो झनै बढेको छ ।
जिल्ला सदरमुकाम सहित ग्रामिण भेगहरुमा दिउँसोपख मधुरो घाम लाग्ने गरेको छ । चिसो बढ्दै जाँदा विशेष गरी न्यानो कपडा नभएका तथा फुसको छाप्राहरुमा बस्नेहरुलाई कन्तविजोग हुने गर्दा उनीहरुलाई चिसोबाट बाँच्न आगो मात्रै एक सहारा रहेको छ ।
चिसोबाट मजदुर र किसान पनि प्रभावित हुन थालेका छन् । बाटो हिड्ने बटुवाहरु सावधानी पूर्वक सवारी साधानहरु संचालन गर्नुपर्ने सम्बन्धित निकायले आग्रह गरेका छन् । रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा सहित मध्य तराईका जिल्लाहरुमा आज विहान बाक्लो हुस्सु, शीतलहर र विस्तारै हावा सिस्कीरहदा भोली देखि अत्याधिक चिसो बढ्ने आँकलन गरिएका छन् ।
चिसोमा खास गरेर वृद्धवृद्धाहरु प्रभावित हुने गरेको छ, दम, प्रेशर, कलेजोको रोगीहरु बढि प्रभावित हुने भएको हुदा सावधानी पूर्वक घरमै रहन चिकित्सकले सलाह दिएका छन् । मंसिर महिना सकिन मात्रै एक दिन बाँकी रहदा सुरु भएको छ ।