बिरगंज २७ मंसिर । बीरगंज कारागारका कैदीबन्दीहरुलाई शिव गोयलले २६ अौ वैवाहिक जीवनको अवसरमा बदामको जुस वितरण गरेका छन । नरसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटी बीरगंजका अध्यक्ष शिव गोयलको २६ अौ वैवाहिक जीवनको अवसरमा बीरगंज कारागारका कैदीबन्दीहरुलाई बदामको जुस वितरण गर्नु भएको छ।
बीरगंज कारागारको परिषद्मा आज एक समारोह बीच उक्त बदामको जुस जेलर मदन घिमिरेलाई हस्तान्तरण गर्नु भएको हो ।बीरगंज कारागारमा कैदी जीवन बिताइरहेका मानवीय सेवाको उदेश्यले यो सामाजिक कार्यमा लागेको अध्यक्ष गोयलले बताएका छन । नरसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटीको नामले बीरगंजमा धेरै सामाजिक कार्य गदै आइरहेको अध्यक्ष गोयलले बताएका हुन ।
आफुले कोरोना कालमा अति आवश्यक अौषधि भारत बाट मगाएर धेरैको जीवन बचाउन मद्दत गरेको बताए ।सोसाइटीले बीरगंजमा रक्तदान,अाँखा शिविर ,न्यानो कपडा ,गरिव तथा विपन्नहरुलाई आर्थिक सहयोग एवम् मठमन्दिर लगायत अन्य सामाजिक क्षेत्रमा सक्रियताका साथ काम गदै आइरहेको अध्यक्ष गोयलले बताएका छन् उनलेे भने आगामी दिनहरुमा समेत यस्ता सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन्।
आज आफ्नो एनिभरसरिको अवसरमा उनलेे बीरगंज कारागारमा रहेका १४ सय भन्दा धेरै रहेका कैदीबन्दीहरु र अन्य कर्मचारी प्रहरी लगायतलाई ३८ काटुन अर्थात १८२४ पिस बदामको जुस ड्रिङ्रग वितरण गरेर मानवीय सेवामा पुन्य गर्नु भएको छ। समारोहमा नरसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटी बीरगंजका संरक्षक सिमला देवी गोयल आमा ,श्रीमती नितु गोयल,कोषाध्यक्ष रबिन्द्र गोयल,सामाजिक अभियानता ओमप्रकाश सरार्फ,मुनलाइट माविका डाइरेक्टर शुलभ केसी ,कौकीदार दिनेश सरार्फ,पत्रकार जगत राई,उज्ज्वल घिमिरे ,असइ लालुममाया गुरुङ ,डाक्टर दिपक यादव लगायतको विशेष उपस्थित रहेको थियो