बिरगंजका मेयर सिहले महानगरभित्र वर्षौदेखि रोकिएका योजना तत्काल अगाडि बढाउन निर्देशन दिए

बीरगंज २६ मंसीर । बीरगंज महानगरपालिका क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाईएका ठेक्काहरुका योजनाको निर्माण कार्य तत्काल सुचारु गर्न महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएका छन ।

Advertisement

आज महानगरमा सघन शहरी विकास आयोजना, सिचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाईटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनका प्रतिनिधि, वडा अध्यक्षहरु तथा महानगरका प्राविधिकहरु सहभागि भएको बैठकमा प्रमुख सिंहले यस्तो निर्देशन दिएका हुन् ।

ठेक्का सकार गरेर वर्षौसम्म काम नगर्ने परिपाटी अब महानगरमा चल्दैन भन्दै सिंहले भने, काम शुरु गरेपछि समयमै सम्पन्न हुनुपर्छ । ठेकेदारले ठेक्का सकार गर्ने र मोबीलाईजेशन बापतको रकम भुक्तानी लिएपछि वर्षौसम्म काम नगर्ने परिपाटीले नागरिकले दुख पाउँदै आएका छन् ।

एक महिना भित्रमा ठेकेदारले सन्तोषजनक कार्य प्रगति नदेखाएमा कानुन बमोजिम कारवाहि गरिने उनले चेतावनी दिए । खासगरी पप्पु कन्सट्रक्सनले धेरै ठेक्काहरुमा जनतालाई दुख दिएको भन्दै प्रमुख सिंहले अबपनि पप्पुले आफ्नो जिम्मेवारी पुरा नगरे नगरवासीलाई लिएर उनको घर घेर्ने चेतावनी दिए ।

महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पुर्व स्वीकृती लिएर मात्र योजना अगाडि बढाउन सिंहले निर्देशन दिए ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह पराग, पुर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगाएतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box