वीरगंज महानगर र नारायणी सिचाईले अतिक्रमणमा परेका नहर कुलो खोजी गरी पुनः सञ्चालनमा ल्याउने प्रमुख सिंहको भनाई

बीरगंज २६ मंसिर । बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले महानगर क्षेत्रभित्र अतिक्रमणमा परेका मूल नहर, शाखा नहर, टर्सरी नहर र कुलो सञ्चालनको लागि पहल शुरु गरेका छन ।

साेमबार महानगरपालिकाले आयोजीत बैठकमा महानगरका मेयर सिह र सिचाई विकास डिभिजन वीरगंज तथा नारायणी सिचाई ब्यवस्थापन कार्यालयका विच यस्तो सहमती भएको हो ।

विगतमा सिँचाई प्रयोजनका लागि निर्माण गरीएका नहर र कुलोहरु अतिक्रमणको चपेटामा पर्दा नहर÷कुलो मासिँदै जानुका साथै खेती सिँचाईमा समस्या हुनुको साथै वर्षात्मा पानीको प्राकृतिक बहावमा अवरोध हुँदा डुबानको समस्या देखिने गरेकोले नहर÷कुलोको खोजी गरी सञ्चालन गर्न लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

नहर÷कुलो सँग सम्बन्धित कार्यालयले सात दिन भित्र यस्तो नहर÷कुलो कहाँ कहाँ कति परिमाणमा अतिक्रमणमा परेका छन् त्यसको विस्तृत विवरण निकाल्ने र महानगरले त्यसलाई सुचारु गर्न पहल गर्न सहमति भएको छ । सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी र बीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगाएतको सहभागिता रहेको थियो ।

महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पुर्व स्वीकृती लिएर मात्र योजना अगाडि बढाउन सिंहले निर्देशन दिए ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह पराग, पुर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.