बिरगंज महानगरले जथाभावी टांगिएका इन्टरनेट तथा केवल टिभी तारहरु हटाउन थाले

बिरगंज २३ मंसिर । बिरगंजको नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । शुक्रबार बिरगंज महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधि सहितको टोलीले शुक्रबारबाट अव्यवस्थित तार हटाउन थालेको हो ।

महानगर भित्र जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न महानगरले पटक पटक प्रयास गरेको थियो । मंगलबार मात्रै सेवा प्रदायकसँग छलफल गरेको महानगरले शुक्रबारबाट भने सेवाप्रदायकलाई सँगै लिएर तार काट्न थालेको हो ।

बिरगंज महानगरका मेयर राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन सेवा प्रदायकलाई आग्रह गरेपछि शुक्रबारबाट हटाउन सुरु गरिएको हो । शुक्रबार पहिलो दिन अव्यवस्थित तार हटाउन इन्टरनेट सेवा प्रदायक संस्थाहरु वल्र्ड लिंक र भायोनेटका प्रतिनिधि सहभागि रहेको महानगर आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए ।

‘विद्युत तथा टेलिकमका पोलहरुमा गुजुल्टिएर राखिएका तार काट्ने अभियानमा सबै सेवाप्रदायकलाई हामीले बोलाएका थियौँ,’ प्रधानले भने, ‘आज पहिलो दिन २ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागि भए ।’

अभियानका बारेमा सबैलाई जानकारी गराएको भन्दै उनले कोही सहभागि नभए पनि तार व्यवस्थित गराउने महानगरको अभियान अब नरोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.