सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान’

बिरगंज २३ मंसिर । देश भरीनै दाइजो नदिएका कारणले महिला हिंसा भैरहेको छ । सोही विरुद्धमा आज बिरगंजको घण्टाघरमा महिला हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

Advertisement

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार १५ औं दिनमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो ।

दाइजोका कारण महिलामाथि हुने गरेको हिंसा नाटकमा देखाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत कार्यको प्रतिकार गर्ने हिम्मत नगर्दासम्म महिलामाथि हुने गरेका हिंसाले प्रस्रय पाउने भएकाले गलतको प्रतिकार गर्न सक्नु पर्नेमा जोड दिएका छन् ।

देखाउनका लागि मात्र कार्यक्रम नगरी घरघरसम्मै जागरण पुग्ने गरि अभियान लैजान पर्ने पनि उने बताए ।

सभ्य समाजका लागि महिलामाथि हुने हिंसा स्वीकार्य नहुने भएकाले यसलाई निर्मूल पार्न सबै एक भएर लाग्नु पर्ने उनले बताए ।

कार्यक्रममा उपमेयर इम्तियाज आलमले छोरीलाई आत्मनिर्भर बनाउन अभिभावक लाग्नु पर्ने भन्दै त्यसका लागि शिक्षाबाट बन्चित गर्न नहुने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले हिंसामा परेका महिलाको उद्धार र सहयोगका लागि सेफ हाउस निर्माणमा महानगरको चासो रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय, माइती नेपाल, आफन्त नेपाल, सानो पाइला, युवालय, आसमान नेपाल लगायतका संस्थाको समन्वयमा वीरगन्ज महानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box