बिरगंजमा ग्यालेक्सी टुर्नामेण्ट क्रिकेट प्रतियोगिता सुरु : मेयर सिंह द्वारा उद्घाटन

बिरगंज २२ मंसिर । बिरगंजमा बिहीबारबाट ग्यालेक्सि टुर्नामेण्ट क्रिकेट प्रतियोगिता सुरु भएको छ । ग्यालेक्सी स्कुलको आयोजनामा बिरगंजको आदर्शनगर रंगशालामा ग्यालेक्सि टुर्नामेण्ट क्रिकेट प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

मेयर सिंहले आफ्नो र आफ्नो ठाउँको पहिचान बढाउन खेलकुदको महत्वपूर्ण भुमिका रहने भएकाले पढाइसँगै खेलमा पनि लगाव राख्न विद्यार्थीहरुलाई आग्रह गरे ।

खेललाई नै भविष्य वनाएर लागेकाहरुले मेहनतका साथ अभ्यास गर्दै अघि बढ्न आग्रह गर्दै उनले खेलकुदको प्रवर्द्धन महानगरले पनि गर्ने बताए ।

प्रतियोगितामा वीरगञ्जका ११ वटा र कलैया बाराको ५ वटा गरि १६ वटा स्कुलको सहभागिता रहेको आयोजक ग्यालेक्सी स्कुलका अमीत सिंहले जानकारी दिए ।
२९ गतेसम्म चल्ने अन्तर स्कुल प्रतियोगिताका बिजेता र उपविजेता स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.