नेपाल (क्यान) महासंघ पर्साको अध्यक्षमा प्रशान्त कुमार चयन

वीरगंज २१ मंसिर । नेपाल (क्यान) महासंघ पर्साको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन बुधवार सम्पन्न भएको छ ।

नेपाल (क्यान) महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा वीरगञ्जस्थित होटल अन्नपुर्णामा अधिवेशन तथा साधारण सभा सम्पन्न भएको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै क्यान महासंघका प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रमोद साहले प्रविधिको प्रयोग बढ्दै गएको हुँदा यसको महत्व पनि बढेको बताए । हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गएको अवस्थामा आईटी क्षेत्रको महत्व बढेको हुँदा यस क्षेत्रमा आवद्ध व्यवसायीहरु एकबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

प्रविधिको विकाससँगै यसको महत्व हरेक क्षेत्रमा रहेको उनको भनाई छ । प्रविधिले मानिसको दैनिकीलाई सहज बनाइदिएको उनको बुझाई छ । घरमै बसीबसी कम समय र थोरै श्रममा धेरै उपलब्धी हाँसिल गर्न आईटी सहयोगी सावित हुने उनको विश्वास छ ।

क्यान महासंघका केन्द्रीय सचिव भुपाल दास श्रेष्ठ, महासंघ मधेश प्रदेशका अध्यक्ष आलोक कुमार चौरसिया, मधेश प्रदेशका कोषाध्यक्ष बिनोद गुप्ता, बाराका अध्यक्ष सञ्जय केशरी, पूर्व अध्यक्ष गणेश कुमार शर्मा, निर्वाचन अधिकृत राम सर्राफ, इमामुल अहमद लगायतले क्यानको आवश्यक्तासँगै आईटीको उपयोगिता र महत्वका बारेमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महासंघ पर्साका सचिव जीवन प्रकाश गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस कार्यकालले गरेका कार्य प्रगतिका बारेमा गुप्ताले प्रकाश पारेका थिए ।

कार्यक्रमको सहजीकरण क्यान महासंघ पर्साका सदस्य राहुल कुमार साहले गरेका थिए ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रपश्चात नयाँ कार्यसमिति पनि चयन गरिएको छ । अधिवेशनले प्रशान्त कुमारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमती रुपमा चयन गरेको हो । नव कार्यसमितिको उपाध्यक्षमा संजय सकसेना, सचिवमा जीवन प्रकाश गुप्ता, कोषाध्यक्षमा सुरज बाबु पटेल चयन भएका छन् ।

सदस्यहरुमा राहुल कुमार साह, राकेश कुमार साह, अर्जुन कुमार अधिकारी, विक्रम जैन र अर्जुन कुमार साह रहेका छन् । नयाँ कार्यसमितिलाई आजै प्रमुख निर्वाचन अधिकृत प्रमोद साहले प्रमाण पत्रसमेत प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.