पर्सा प्रहरीले लत्ताकपडा र औषधी सहित ट्रक नियन्त्रणमा

२१ मंसिर, वीरगञ्ज । पर्सा प्रहरीले लत्ताकपडा र औषधी सहित ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले ६१ लाख मूल्य बराबरको खुद्रा लत्ताकपडा तथा औषधी लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ ।

Advertisement

मंगलबार राती करिब १० बजेको समयमा बीरगन्ज महानगरपालिका वडा नंं ६ लोहारपट्टी चोक स्थित सडकखण्डबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई रोकीँ चेकजाचँ गर्ने क्रममा बिल बिजक शङकास्पद देखिएकाले सो ट्रक नियन्त्रणमा लिएको हो ।

बिल बिजक भन्दा बढि खुद्रा लत्ताकपडा तथा औषधीहरु लिएर पोखरा तर्फ जादैँ गरेको सूचना पाउनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीको टोलीले नमस्ते ट्रान्सपोर्टबाट पठाइएको सो ट्रक नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।

उक्त सामाग्रीको मूल्य ६१ लाख ४६ हजार १२ रुपैयाँ कायम गरी थप अनुसन्धानका लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box