दिपक चौरसिया // बिरगंज २१ मंसिर । मोटरसाइकल दुर्घटनामा गम्भिर घाईते भएका ट्राफिक प्रहरी कार्यालय पथलैया बारा प्रहरी हवादार शशिकान्त चौरसियाको उपचार गर्ने क्रममा मुत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा दरवन्दी भई कार्यरत प्रहरी हवादर चौरसिया आफ्नो कार्य क्षेत्रमा खतिएको बेला १० गते मोटर साइकल दुर्घटनामा परी घाईते भएका थिए। घाइते चौरसियाको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंमा उपचारको क्रममा २० गते निधन भएको हो
ट्राफिक हवादार चौरसियाको मृत्युले प्रहरीमा कुशल नेतृत्व गर्ने जिम्मेवारी गुमाएको भन्दै दुःख प्रकट समेत ब्यक्त गरेको छ। उनको योगदान प्रहरीमा एउटा इमानदार हवादर गुमाउनु परेकोले यस्ता कुशल क्षमतावन चौरसिया गुमाएको ट्राफिक कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक नामजीराज गुरुङले जानकारी दिनुभएको छ।
मृत्यु भएका ट्राफिक प्रहरी हवादार चौरसियाको हिन्दु परामपरा अनुसार अन्तेस्ती गरिएको र नेपाल प्रहरी ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाको टोलीले दाहसंस्कार गर्ने बेलामा हतियार सहितको सलामी अर्पण गरिएको ट्राफिक प्रहरी उपरीक्षक गुरुङले बताएका छन् ।